दी भ्वाइस अफ नेपालको अन्तिम ४ छानिए

बाइलाइन नेपाल
१६ श्रावण २०७८, शनिबार ०६:१९

रियालिटी सो भ्वाइस अफ नेपालको अन्तिम चारमा आर्यन तामाङ, तारा श्रीस मगर, ज्वाला राई र किरण गजमेर प्रवेश गरेका छन् ।
धेरै भोट पाएको आधारमा आर्यन टीम दीपबाट अन्तिम ४ मा प्रवेश गरेका हुन् भने तारा टीम राजु तथा ज्वाला टीम तृष्णा र किरण टीम प्रमोदबाट अन्तिम ४ मा प्रवेश गरेका हुन् ।

यस्तै अन्तिम ४ को दावेदारको रुपमा रहेका टीम दीपबाट गोविन पुन बाहिरिए भने सोनाम शेर्पा बाहिरिए । यसैगरी टीम तृष्णाबाट अफ्रिता खड्गी र टीम प्रमोदबाट रवीन गहतराज बाहिरिए । रवीन सिक्किमबाट भ्वाइस अफ नेपालमा आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*