देउवालाई भोट हाल्ने २२ भाईलाई कारबाही गर्दै एमाले

बाइलाइन नेपाल
५ श्रावण २०७८, मंगलवार १३:३३

प्रधानमन्त्री शेरबहादुर देउवालाई भोट हाल्ने नेकपा (एमाले) का २२ सांसदलाई कारबाहीको तयारी थालिएको छ । सोमबारको केन्द्रीय कमिटीको निर्णयानुसार एमाले पार्टी कार्यालयका सचिव शेरबहादु्र तामाङले २२ सांसदलाई स्पष्टीकरणपत्र काटेका हुन् ।

तर, स्पष्टीकरण सोध्दा संविधान र सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसला छल्न गएको वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा अनुपस्थित भएको कारण उल्लेख गरिएको छ ।

तर, वैशाख २७ मा केपी शर्मा ओलीले विश्वासको मत माग्दा संसद्मा अनुपस्थित भएका एमालेका २८ मध्ये ११ जनालाई स्पष्टीकरण सोधिइसकेको छ । त्यसरी स्पष्टीकरण सोधिएका मध्ये माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाही समेत गरिएको थियो ।

देउवालाई मत दिने २२ सांसदलाई कारबाहीको तयारी भए पनि अरु ११ जना एमाले सांसदले आइतबार प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने पार्टी ह्वीप उल्लंघन गर्दै मतदान बहिस्कार गरेका थिए । उनीहरु माधव नेपाल समुहकै भए पनि उनीहरुलाई भने कारबाहीको तयारी गरिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*