नेपाल पक्षका सांसदलाई ओली पक्षले सोघ्यो २४ घण्टे स्पष्टीकरण

बाइलाइन नेपाल
४ श्रावण २०७८, सोमबार १४:०४

नेकपा एमालेले पार्टी निर्देशनविपरीत शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सोमबार बसेको केपी ओली पक्षका केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षका सांसादले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय भएको जनाइएको छ ।

आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका थिए। त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका थिए भने नेपालनिकट १० सांसद तटस्थ बसेका थिए।

यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*