पुन:स्थापित प्रतिनिधिसभा बैठक आज बस्दै

बाइलाइन नेपाल
३ श्रावण २०७८, आईतवार ०७:४३

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आठौँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरिएको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ ।

यस्तै, सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए । अधिवेशनको प्रारम्भमा दलका नेताहरुले मन्तव्य व्यक्त गर्ने परम्परा रही आएको छ ।

संसद् बैठकपूर्व सभामुख अग्निप्रसाद सापकोटा, सांसद, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकार गरी ८०१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ ।

त्यसक्रममा तीन कर्मचारीको रिपोर्ट पोजिटिभ आएको र बाँकी सबै ७९८ जनाको नेगेटिभ आएको सभामुखको सचिवालयले जनाएको छ ।

यसैबीच, राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । नवौँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरिएको छ ।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूको व्यहोरा पनि पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*