काँग्रेसका शीर्ष नेताहरुको बैठक जारी

बाइलाइन नेपाल
२१ बैशाख २०७८, मंगलवार १६:०४

काठमाडौं । वर्तमान राजनीतिक सन्दर्भमा काँग्रेस पदाधिकारी तथा शीर्ष नेताहरुको बैठक जारी छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा ३ बजेदेखि बैठक जारी रहेको हो ।

बैठकमा प्रधानमन्त्री केपी ओलीको विश्वासको मत लिने निर्णय र लुम्बिनी प्रदेशका सन्दर्भमा बैठकमा छलफल भइरहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन संवाद गरेका देउवाले आज पदाधिकारीसँग गरेर प्रधानमन्त्रीको विश्वासको मतबारे
आवश्यक रणनीति बनाउन लागेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*