गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई हटाइयो,अब पौडेल र यादव प्रदेश प्रमुख

बाइलाइन नेपाल
२० बैशाख २०७८, सोमबार १७:०२
फाइल तस्वीर

सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । माओवादी केन्द्र निकट दुवै प्रदेशका प्रदेश प्रमुखलाई हटाउन मन्त्रीपरिषद् बैठकले राष्ट्रपतिलाईसमक्ष सिफारिस गरेको थियो ।

उक्त सफिारिस अनुसार गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गरिएको छ । उक्त स्थानमा मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*