“आत्मकथा लेखन” विषयक प्रशिक्षण सम्पन्न

बाइलाइन नेपाल
१८ बैशाख २०७८, शनिबार १०:३१

“आत्मकथा लेखन” विषयक प्रशिक्षण सम्पन्न १७ वैशाख २०७८ नवसर्जक साहित्य चाैतारी, नेपालकाे आयाेजनामा एक दिवसीय आत्मकथा लेखन विषयक प्रशिक्षण सम्पन्न भएकाे छ । चाैतारीकी अध्यक्ष प्रसन्ना चाैलागाईँकाे अध्यक्षता एवम् वरिष्ठ साहित्यकार कृष्ण धरावासीकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चाैतारीका परिकल्पनाकार एवम् संरक्षक दीपक गाैतम, सल्लाहकारहरू रमेशमाेहन अधिकारी, डिबी बर्ताैला, आेमकुमारी बन्जारा (रानाभाट), अर्चना दाहाल, जयन्ती आचार्यलगायत देशविदेशका ५० बढी नवसर्जककाे उपस्थिति रहेकाे थियाे ।

भर्चुअल (जुम) काे माध्यमबाट गरिएकाे उक्त प्रशिक्षणमा प्रमुख अतिथि एवम् प्रशिक्षक कृष्ण धरावासीले आत्मकथा लेखनकाे तरिका र आत्कथा लेखनकाे वर्तमान सबल तथा दुर्बल पक्षबारे विस्तृत जानकारी गराउनुभएकाे थियाे । उहाँले भविष्यमा गएर आत्मकथा लेख्न खाेज्नेहरूले सानैदेखि डायरी लेखनमा ध्यान दिनुपर्ने बताउनुभयाे । साथै, नेपाली आत्मकथा लेखनमा लेखकीय इमानदारिता कम देखिएकाे, लेखकले आफ्ना राम्रा पक्षमात्रै उजागर गरेर कमजाेरी ढाकछाेप गर्ने गरेकाे भन्दै आत्मकथा/आत्मसंस्मरणलाई स्तुतिगान बन्नबाट जाेगाउनुपर्ने कुरामा जाेड दिनुभयाे । कार्यक्रममा सहभागीहरूले आत्मकथाका साथै लेखक धरावासीका राधा, पाण्डुलिपि, झाेलालगायत विभिन्न कृतिबारे जिज्ञासा राखेका थिए । चाैतारीका उपाध्यक्ष विभूति अधिकारीले संस्थाकाे परिचयसहित स्वागत मन्तव्य राख्नुभएकाे उक्त कार्यक्रममा सचिव समर्पण न्याैपानेले सहजीकरण गर्नुभएकाे थियाे ।

२०७७ जेठ १ गतेदेखि साहित्यिक अभियन्ता दीपक गाैतमले नवसर्जकका लागि साहित्यिक विधाहरूकाे प्रशिक्षण अभियानकाे सुरुवात गर्दै २०७७ पुस ११ गते १७ सदस्यीय नवसर्जक साहित्य चाैतारी गठन गर्नुभएकाे थियाे । उक्त संस्थामार्फत देशविदेशका ५० बढी नवसर्जकहरूले यसअघि कविता विधाअन्तगर्तका हाइकु, मुक्तक, गजल, गीत, छन्द कविता, गद्य कविता, आख्यान विधाअन्तर्गतका सूत्रकथा, लघुकथा, बालकथा, आधुनिक कथा, नाटक विधाअन्तर्गतका एकाङ्की नाटक र पूर्णाङ्की नाटक तथा निबन्ध विधाअन्तर्गतका हास्यव्यङ्ग्य निबन्ध, नियात्रा/यात्रासंस्मरण लेखनबारे प्रशिक्षण लिइसकेकाे र आगामी दिनमा आफूहरू धमाधम संयुक्त तथा एकल कृति प्रकाशनमा जुटिरहेकाे चाैतारीकी अध्यक्ष प्रसन्ना चाैलागाईँले जानकारी दिनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*