निता र राजले जिते पावर लिफ्टिङ्ग उपाधि

बाइलाइन नेपाल
३१ चैत्र २०७७, मंगलवार १७:१४

काठमाडौं । अनिता महर्जन र राज शाहीले स्व.निलकण्ठ नारायण मानन्धर स्मृति चौथो आन्तरिक पावर लिफ्टिङ्ग प्रतियोगिताको ट्रफी जितेका छन् । नेपालकै सबैभन्दा पुरानो खेल संस्था नेपाल व्यायाम मन्दिरले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना पूर्व सदस्य स्व.निलकण्ठ नारायण मानन्धरको स्मृतिमा वर्षेनी आयोजना गर्दै आइरहेको छ ।

प्रतियोगितामा महिलातर्फ अनिता महर्जनले स्क्वाटमा ९० केजी, बेन्च प्रेसमा ५२ केजी र डेड लिफ्टमा १०० केजी गरी कुल २४२ केजीका साथ स्वर्ण हात पारेकी हुन् । महर्जनले मेडल, प्रमाणपत्र, ट्रफीका साथै नगद ६ हजार प्राप्त गरिन् । नेपाल व्यायाम मन्दिरको आन्तरिक खेलाडीहरूबीच गरिने प्रतिस्पर्धामा दोश्रो स्थानमा बबिता लामा रहिन् । उनले स्क्वाटमा ५० केजी, बेन्च प्रेसमा ५० केजी र डेड लिफ्टमा १०५ केजी गरि कुल २०५ केजी उचालिन् । लामाले नगद ४ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरिन् । यस्तै तेश्रो स्थानमा रहेकी चन्द्रकला मुनकर्मीले ८० केजी, ४० केजी, ८० केजी गरि कुल २०० केजी उचालिन् । मुनकर्मीले नगद ३ हजार, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरिन् । महिलालाई खेलतर्फ आकर्षित गर्ने उद्धेश्यले चौथो स्थानमा रहेकी सुदीक्षा राज्यलक्ष्मी शाहले सान्त्वना स्वरुप नगद १ हजार र प्रमाणपत्र प्राप्त गरिन् ।

नेपाल व्यायाम मन्दिरको आफ्नै हलमा भएको प्रतिस्पर्धामा पुरुषतर्फ राज शाहीले पहिलो स्थान प्राप्त गरे । शाहीले स्क्वाटतर्फ १५० केजी, बेञ्च प्रेसमा १२० केजी र डेडलिफ्टमा १८५ केजीका साथ कुल ४५५ केजीका साथ स्वर्ण प्राप्त गरेका हुन् । दोश्रो स्थानमा रहेको सिर परियारको पनि समान ४५५ केजी रहेता पनि तौल वजनका कारण शाहीले प्रथम स्थान प्राप्त गरेका हुन् । शाहीले नगद १४ हजार, मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । दोश्रो भएका परियारले १६५ केजी, १०५ केजी र १८५ केजीका साथ ४५५ केजी उचाले ।

उनले नगद ९ हजार, मेडल, ट्रफी प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थान प्राप्त गर्ने ढुकसान लामाले १४५ केजी, १०५ केजी र १८० केजीका साथ ४३० केजी उचाले । उनले नगद ६ हजार मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । ४३० केजीनै उचालेका सन्दीप पुजारी चौथो भए । उनी तौल वजनका कारण चौथो भएका थिए । उनले १४० केजी, ११५ केजी र १७५ केजी उचालेका थिए ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद एवं पूर्व रक्षा मन्त्री भीमसेन दास प्रधान, स्व.निलकण्ठ नारायण मानन्धरकी छोरी तृष्णा मानन्धर, काठमाडौं जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष सुरेश सुवेदी (क्याप्टेन) लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पुरुष तर्फ १३ र महिला तर्फ ४ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*