आलिया भट्टलाई कोरोना संक्रमण

बाइलाइन नेपाल
२० चैत्र २०७७, शुक्रबार १३:४३

बलिउड अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजिटिभ देखिएको समाचार बाहिर आएको केही घण्टापछि आलिया आफैंले यसको पुष्टि समेत गरेकी छन् ।

‘सबैलाई नमस्कार, परीक्षणका क्रममा मलाई कोरोना पोजिटिभ देखिएको छ । मैले तत्कालै आफूलाई आइसोलेशनमा राखेकी छु र घरमै क्वारेन्टाइनमा बस्ने छु’, आलियाले आफ्नो इन्स्टाग्राममा लेखेकी छन् ।

त्यस्तै आफूलाई कोरोना पोजिटिभ देखिएपछि आलियाले आफ्ना फ्यानलाई सुरक्षित रहन समेत आग्रह गरेकी छन् । ‘मेरा डाक्टरको सल्लाह अनुसार मैले सुरक्षाका सबै मापदण्ड पालना गरिरहेकी छु । तपाईंहरुको माया र सहयोगका लागि आभारी छु । कृपया, सुरक्षित रहनुहोस् र आफ्नो ख्याल गर्नुहोस् ।’

केही दिन अगाडी उनका प्रेमी तथा अभिनेता रणवीर कपुर कोरोनाबाट संक्रमित भएको खबर बाहिरिएको थियो । बलिउडका कलाकारहरु आमिर खान, कात्तिक आर्यन, विक्रान्त मैसे, मनोज बाजपेयी, तारा सुतारिया संक्रमित भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*