प्रभासको मेगा बजेट फिल्म ‘आदिपुरुष’ यो मितिमा हुनेछ प्रदर्शन

बाइलाइन नेपाल
५ मंसिर २०७७, शुक्रबार १७:११

दक्षिण भारतीय फिल्म स्टार प्रभास अभिनित फिल्म ‘आदिपुरुष’ को रिलिज मिति तय गरिएको छ ।प्रभासको मेगा बजेट यो फिल्म सन् २०२२ मा रिलिज हुने भएको छ । प्रभासले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएका हुन् ।प्रभासले फिल्मको टाइटल पोस्टर इन्स्टाग्राममा पोस्ट गर्दै फिल्म हलमा आदिपुरुष सन् २०२२ को अगस्त ११ मा रिलिज हुने बताएका हुन् ।

फिल्ममा प्रभासको शीर्ष भूमिका रहनेछ । उनले फिल्ममा आदिपुरुषको भूमिका निभाउनेछन् । रामायणको कहानीमा प्रेरित यो फिल्ममा सैफ अली खानलाई लंकेशको भूमिकामा देख्न सकिनेछ । भुषण कुमारको निर्माण र ओम राउतको निर्देशनमा बन्ने यो फिल्म हिन्दीसहित ५ भाषामा रिलिज हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*