आज फेरि बढ्यो सुनको मूल्य

बाइलाइन नेपाल
२६ कार्तिक २०७७, बुधबार १३:००

नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । मंगलवार एकैपटक ३ हजार ४ सय घटेको सुनको मूल्य आज फेरि उकालो लागेको हो । मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार ८ सयमा कारोबार थियो । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज तोलामा एक सयले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ४ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२२० मा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*