आदित्य नारायणको विवाहको तयारी सुरु, सार्वजनिक भयो तस्बिर

बाइलाइन नेपाल
२० कार्तिक २०७७, बिहीबार १०:४५

उदित नारायणका छोरा तथा इन्डियन आइडलका कार्यक्रम प्रस्तोता आदित्य नारायणको घरमा विवाहको तयारी सुरु भइसकेको छ । नायिका श्वेतासँगको विवाहको घोषणापछि अब उनको रोका सेरेमनीको तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा दुबैको परिवारलाई देख्न सकिन्छ ।

फोटोमा आदित्य खैरो रङको शर्ट र डेनिम लगाएको देखिएका छन् । यस्तै श्वेता गुलाबी रङको कुर्तामा निकै राम्री देखिएकी छिन् । दुबैको हातमा सगुन छ ।

आदित्यले केही समय अघि मात्रै आफ्नी प्रेमिका श्वेता अग्रवालसँग आफू सम्बन्धमा भएको पुष्टि गरेका थिए । यसबारे पुष्टि गर्ने बित्तिकै उनीहरुले विवाहको पनि घोषणा गरेका थिए । विवाहको तयारीका लागि आदित्यले सोसल मिडियाबाट ब्रेक लिएको पनि बताएका छन् ।

आदित्यले श्वेतासँग फोटो साझा गर्दै लेखेका थिए, ‘हामी विवाह गर्दैछौं । म संसारको सबैभन्दा भाग्यमानी केटा हुँ कि मैले श्वेता पाएँ, मेरी सोलमेट । ११ वर्ष अघि सुरु भएको हाम्रो सम्बन्ध र अन्ततः डिसेम्बरमा हामी विवाह गर्दैछौं । हामी दुबै निकै प्राइभेट किमिसका मानिस हौं । एक व्यक्तिको प्राइभेट लाइफलाई प्राइभेट नै राख्नुपर्छ भन्ने मान्यता राख्छौं । विवाहको तयारीका लागि सोसल मिडियाबाट ब्रेक लिइरहेको छु । डिसेम्बरमा भेटौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*