कलाकार दाहालको निधन

बाइलाइन नेपाल
१४ कार्तिक २०७७, शुक्रबार २०:४५

कलाकार सुशीला दाहालको ६७ वर्षको उमेरमा निधन भएको छ।लामो समयदेखि पेल्भिक क्यान्सरबाट पीडित दाहालको अमेरिकाको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा बिहीबार बिहान निधन भएको हो।

कलाकार दाहालले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँग ‘लालपूर्जा’, ‘चिरञ्‍जीवी’ र ‘भकुन्डे भुत’ लगायत चर्चित टेलीश्रृंखलामा अभिनय गरेकी थिइन्।कलाकार हरिवंश आचार्यले दाहालको निधनप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली दिएका छन् ।

“आदरणीय दिदी शुसिला दाहालले हाम्रा लालपुर्जा, चिरन्जिबी लगायत धेरै टेलिचलचित्रमा अभिनय गर्नु भएको स्मरण ताजै छ। उहाँको निधनले हामीलाई मर्माहत गरेको छ”, कलाकार आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*