सुनचाँदीको मूल्य कति छ ?

बाइलाइन नेपाल
७ आश्विन २०७७, बुधबार ११:४७

नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । मंगलबार तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १७ सय रुपैयाँ घटेको थियो । यस्तै बुधबार तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने बुधबार चाँदीको मूल्य पनि घटेर तोलामा ११९० मा कारोबार भएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*