पूर्ण सुरक्षा विधि अपनाएर मात्र अत्यावश्यक सेवा देऊ

बाइलाइन नेपाल
August 24th, 2020

हेटौंडा । हेटौंडा उपमहानगरपालिका, थानगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकामा जिल्ला प्रशासन कार्यलय मकवानपुरले भदौ १५ गतेसम्म निषेधाज्ञा जारी गरेपछि मकवानपुर जिल्ला सहकारी संघले उक्त अवधिसम्म निषेधाज्ञा भएका क्षेत्रमा रहेका सम्पुर्ण सहकारी लगायत बित्तीय संस्थाहरु संचालन नगर्न अनुरोध गरेको छ।

मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले आज सोमबार विज्ञप्ति जारि गरि दुग्ध र तरकारी जस्ता अत्यावश्यक सेवा दिनुपर्दा सुरक्षाको सम्पुर्ण उपाय अबलम्बन गरि सेवा प्रदान गर्न समेत अनुरोध गरेका छन् । कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा सहकारी संस्था लगायतको बित्तीय सस्था बढी जोखिममा रहेकोले सुरक्षित रहन समेत केन्द्रीय दुग्ध सहकारी संघ का अध्यक्ष र राष्ट्रिय सहकारी महासंघका संचालक समेत रहेका देवकोटाले आग्रह गरे ।

साथै सहकारिका सम्पुर्ण कर्मचारीहरुले सेवा प्रदान गर्दा सुरक्षाको विधि अपनाइ सेवा प्रदान गर्न मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहालले आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*