नेपालमा १४ हजार ४९२ ले जिते कोरोना, ५६ जनाले गुमाए ज्यान

बाइलाइन नेपाल
August 1st, 2020

हेटौंडा । नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ४९२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेको सख्य यति पुगेको हो । हालसम्म कुल संक्रमित मध्ये ७२ दशमलव १ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

यसैगरी मन्त्रालयले स्थलमार्गबाट आउनेहरुको सीमा क्षेत्रमै स्वाब संकलन गरी रिपोर्ट नआउन्जेलसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ । त्यसैगरी २५ जना भन्दा बढी एकै ठाउँमा भेला नगर्न र नगराउन पनि मन्त्रालयले आग्रह गरेको छ । यो निकै आत्मघाती हुनसक्ने डा। गौतमले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*