सुनको मूल्य फेरि बढ्यो, चाँदीको घट्यो

बाइलाइन नेपाल
July 29th, 2020

नेपालमा सुनको मूल्य बुधवार पनि बढेको छ । आज (बुधवार) सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । मंगलवारको तुलनामा सुन तोलामा ३ सय बढेको हो । मंगलवार सुन ९८ हजार २ सयमा कारोवार भएको थियो । बुधवार सुनको मूल्य बढेर हालसम्मकै उच्चमा सुनको मूल्य पुगेको हो ।

लकडाउनका कारण सुनको कारोबार भने खासै भएको छैन । सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदाको मूल्य भने थोरै घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय २५ प्रतितोला पुगेको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि बढिरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*