कोरोना संक्रमितको संख्या १६ हजार ७१९

बाइलाइन नेपाल
July 11th, 2020

बितेको २४ घण्टामा थप ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या १६ हजार ७१९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार २३९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । शनिबार थपिएका संक्रमितमध्ये काठमाडौंका ३ जना रहेका छन् ।

यसैगरी धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला गरी ६ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त रहेको पनि गौतमले जानकारी दिए । गौतमका अनुसार बितेको २४ घण्टामा थप ४३१ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कूल संख्या ८ हजार ४४२ पुगेको हो । गौतमले कोरोना संक्रमित मध्ये निको हुनेको संख्या ८ हजार ४४२ पुगेको बताए । उनले प्रतिशतका आधारमा संक्रमितमध्ये ५०.५ व्यक्ति निको भएपनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*