वैशाख १८ गतेसम्मका लागि सिनेमा हल बन्द गर्ने निर्णय

बाइलाइन नेपाल
५ चैत्र २०७६, बुधबार १९:२२

सरकारले २०७७ को वैशाख १८ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड-१९ संक्रमण,रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सिनेमा हल,सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब,म्युजियम लगायतका मनोरञ्‍जन स्थल अप्रिल ३० सम्म बन्द गर्ने निर्णय गरेको हो।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको उक्त बैठकले डान्सबार,मनोरञ्जन स्थल तथा स्वीमिङ पुल पनि बन्द गर्ने निर्णय गरेको छ। यसको अनुगमन सम्बन्धित मन्त्रालयहरुले गर्ने जिम्मेवारी दिइएको छ।

यस्तै, यसको अनुगमन र कार्यान्वयनका लागि प्रदेश सरकार तथा स्थानीय तहलाई समेत निर्देशन दिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*