फिल्म हलमा नजान सरकारको आह्वान

बाइलाइन नेपाल
३० फाल्गुन २०७६, शुक्रबार १९:१६

कोरोना भाइरसको महामारी फैलन नदिन सरकारले सिनेमा हलमा फिल्म हेर्न नजान आह्वान गरेको छ ।

उपप्रधान एवं रक्षा मन्त्रीको अध्यक्षतामा बसेको उच्च स्तरीय समितिको बैठकले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि धेरै भीडभाड हुने क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमण हुनसक्ने जोखिमयुक्त स्थानमा सिनेमा हल लगायत धेरै मानिसको उपस्थिति रहने स्थान पर्छन् । सिनेमा हलमा धेरै दर्शक एकसाथ उपस्थित हुने कारणले गर्दा कोरोना भाइरसको संक्रमणको जोखिम धेरै हुन जान्छ ।

यता सिनेमा हलहरुले भने उचित सावधानी अपनाइएको दाबी गर्दै आएका छन् । अहिले पनि केही सिनेमाहरु नेपालमा चलिरहेका छन् ।

यद्यपि आजदेखि रिलिज हुने भनिएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ कोरोनाकै कारण रिलिज हुन सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*